Breaking News

चितवनमा गोली लागेर एक सैनिकको मृत्यु

Banner

चितवन, चैत २९-

चितवनमा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । चितवन रास्टिय निकुञ्ज भित्रको श्री नयाँ गोरखगण कसरा ब्यारेकमा कार्यरत सैनिक जवान चन्द्र किशोर दास थारुलाई आफ्नै हतियारबाट बिहान ९:३० बजेको समयमा गोली लागेको थियो ।

उनको उपचारको क्रममा आज दिउँसो ४ बजे चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीले जानकारी दिए । दाहिने तिघ्रामा गोली लागेका थारुको अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको केसीले जानकारी दिए ।

उनका अनुसार बिहान गस्ती गरेर फर्किएका थारुले हतियार मिलाउने क्रममा असावधानी अपनाउदा तिघ्रामा गोली लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>