देश/प्रदेश

अमेरिकाले एमसिसीलाई निरन्तरता दिने, काम अगाडि बढाउन अनुमति

Banner

काठमाडौं, चैत १०-

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपैयाँ)को अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको छ।

अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला त्यहाँको सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको एमसिए नेपालले जनाएको छ।

आजको नागरिक दैनिकमा समाचार छ, ‘रोकिएका एमसिसीअन्तर्गतका परियोजनाहरू अगाडि बढाउन अनुमति दिइएको छ,’ एमसिए नेपालका एक उच्च अधिकारीले भने, ‘एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढेका छन्।’

अमेरिकी राष्ट्रपतिको कार्यालयले गत जनवरी २० (पुस ७) मा ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार एमसिसी रोकेको थियो। अमेरिकी सरकारले अन्य कार्यक्रमहरूलाई रोकेको अवस्थामा एमसिसी अघि बढ्ने प्रस्ट संकेत देखिएको ती अधिकारीले बताए। ‘भविष्यमा दायित्व सिर्जना हुने काम अघि बढाउन अनुमति दिएपछि अब एमसिसी अघि बढ्छ,’ उनले भने।

एमसिसीमा अमेरिकाको ५० करोड डलर अनुदान दिने सम्झौता भएकोमा पछि पाँच करोड डलर थपेर कुल ५५ करोड डलर अनुदान दिने निर्णय गरिएको थियो। नेपालले गर्ने लगानीसहित एमसिसीमा कुल लगानी ७४.६७ करोड डलर रहेको छ। यसमा नेपाल सरकारको १९ करोड ६७ लाख डलर लगानी हुनेछ। अमेरिकी सरकारको अनुमतिपछि धानखोला–लमही सडकको सुपरिवेक्षण परामर्शदाता नियुक्त गर्न यसै साता सूचना प्रकाशित भएको छ।

एमसिए नेपालले कामहरूको पुनः थालनीका लागि व्यवस्थापन भइरहेको जनाएको छ। तर अहिलेको अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति कुनै संकेत भने नगर्ने एमसिए नेपालको दाबी छ। एमसिसी र नेपाल सरकारको संयुक्त लगानीमा तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन, चार सय केभीकै तीन वटा सबस्टेसन तथा दाङको भालुवाङदेखि बाँकेको शिवखोलासम्म ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने परियोजना निर्माण हुनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area