राजनीति
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको प्रचण्डको आरोप

चितवन, चैत ९-
भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।
शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।
‘राष्ट्रपतिले स्वास्थ्यमन्त्रीमा स्वास्थ्यसम्बन्धी ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो । शिक्षामन्त्री शिक्षासम्बन्धी राम्रो ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो,’ प्रचण्डले भने, ‘अहिले त भएको के छ ? मन्त्रीका अनुहारहरू हेनुैभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अझै लुट भनेर ।’