Breaking News
हामी जिवित रहँदासम्म प्रतिक्रिया वादीको सपना पुरा हुँदैनः अध्यक्ष प्रचण्ड
०

चितवन, चैत ९-
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँफु जिवित रहँदासम्म प्रतिक्रिया वादीकोको सपना पुरा नहुने बताएका छन् ।
तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामीले सम्पुर्ण रुपमा परास्त गर्ने छौँ । हामीले हाम्रो जिवन कालमा संविधानलाई सफल बनाउनु छ ।’
उनले संविधानलाई मुर्त बनाउनको लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने धारणा राखेका छन् । उनले प्रतिक्रियावादीलाई परास्त गरेर संविधानलाई सफल बनाउन बनाउनुपर्ने समय आएका बताएका छन् । साथै प्रचण्डले सरकारको भ्रष्टाचारको कारण प्रतिक्रियाबादीहरु सलबलाएको समेत बताए ।