Breaking News
मप्रति जनताको सद्भाव बढेकोले ०६४ कै प्रचण्ड चाहिन्छ भन्ने कुरा उठेको छ: प्रचण्ड
०

चितवन, चैत ९-
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूप्रति जनताको सद्भाव बढेकोले २०६४ कै प्रचण्ड चाहिन्छ भन्ने कुरा उठेको बताएका छन् ।
तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘जनताले २०६४ पूर्ण अदभूत पूर्ण आशा गरेका छन् । २०६४ कै प्रचण्ड चाहिन्छ भन्ने कुरा उठेको छ । हाम्रो लागि उर्जा र प्रेरणा बनेको छ ।’