समाचार

जलवायु परिवर्तनको असर खानेपानी, कृषि र विद्युतमा पनि देखियोः मन्त्री यादव

Banner

काठमाडौँ, चैत ९-

खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविधुतमा असर गरेको बताएका छन्।

आज विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल सोफेनद्वारा यहाँ आयोजित ुदिगो खानेपानी सरसफाई तथा स्वच्छतामा लगानीु विषयक गोष्ठीमा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको प्रभावले खानेपानी, कृषि, जलविधुतमा असर गरेकाले हिमनदीको संरक्षण गर्न जरुरी भएको बताए।

उनले भने, ुपानी जीवनको आधार हो। पानी बिना कुनै पनि जीवित प्राणीको अस्तित्व सम्भव छैन। यसर्थ हिमनदीको संरक्षण गर्न जरुरी छ।ु नेपाल सरकार खानेपानी मन्त्रालय संविधानले प्रत्याभूत गरेको मौलिक हक अनुसार स्वच्छ खानेपानी र सरसफाइको सुनिश्चितता गर्न कटिबद्ध रहेको समेत मन्त्री यादवले प्रतिबद्धता जनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area