कृषि

भीषण असिनाका कारण रौतहटका मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट, किसानलाई ठूलो क्षति

Banner

रौतहट, चैत ९-

शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीका कारण रौतहट जिल्लाका किसानहरू ठूलो मारमा परेका छन् । विशेष गरी जिल्लाको उत्तरी क्षेत्रका कृषकहरूले लगाएको मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट भएको छ ।

चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा खेती गर्दै आएका किसानहरुको बालीनाली पूर्ण रुपमा सखाप भएपछि उनीहरु गहिरो चिन्तामा परेका छन् । स्थानीय किसानहरूका अनुसार उनीहरूले मेहनतका साथ लगाएको अन्नबाली असिना पानीले पूर्ण रुपमा नष्ट गरिदिएको छ ।

वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै, चन्द्रपुर–१० का किसान अवधलाल राउतले आफ्नो करेसावारी तथा मकैबाली पूर्ण रुपमा क्षति पुगेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area