Breaking News
राजतन्त्र भूत हो, भूत भ्रम हो, त्यो सम्भावना छैनः बाबुराम भट्टराई

जनकपुर, चैत ९-
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा।बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेको र त्यो भ्रममा रहेको बताएका छन् । उनले यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्ने र उनीहरूको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना हुने बताए ।
नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को प्रथम महाधिवेशन अन्तर्गत भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रम आज मधेस प्रदेशको जनकपुरमा सुरु भएको छ। अभियान सुरु हुनु अघि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा, र आर्थिक क्रान्तिको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गरेका हुन्।
्उनले भने, ‘हामी पछाडि फर्किने कुरा हुँदैन। मधेसजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन् र तिनलाई छलकपट गर्न अब कठिन छ। लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ। राजतन्त्र भूत हो— भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’