समाचार
आफ्नै घरमा चापाकल पेल्ने क्रममा लडेर मृत्यु
०

सिन्धुली, चैत ९-
दुधौली नगरपालिका–९ ठूलो लखनपुरमा चापाकल पेल्ने क्रममा लडेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो ३ः४० बजेको समयमा स्थानीय ४५ वर्षीय बंसु अधिकारी आफ्नै घरमा रहेको पानी निकाल्ने चापाकल पेल्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते अधिकारीको दुधौली नगर अस्पताल सिर्थाैलीमा उपचारको क्रममा शुक्रवार बेलुका ४ः१५ बजे मृत्यु भएको प्रहरीले बताएको छ । मुचुल्का र पोष्टमार्टमपछि आफन्तले शव बुझेका छन् ।