चितवन विशेष

भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक घाइते

Banner

चितवन, चैत ६-

भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक मध्यम घाइते भएका छन् ।

गएराति १ः१० बजेको समयमा मधेश प्रदेश०२–००८ प ००८८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको हो ।

मोटरसाइकल पल्टिदा चालक धनुषा घर भइ हाल भरतपुर–११ भोजाड डेरा गरी बस्ने वर्ष २३ को रबि सिंह घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनको टाउको र अनुहारमा चोट लागेको छ । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area