चितवन विशेष
भरतपुरमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते
०

चितवन, चैत ६-
भरतपुर महानगरपालिका–१० रिजाल चोकमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । स्कुटर चालक र एक जना पैदलयात्री मध्यम घाइते भएका हुन् ।
मंगलवार दिउँसो १ बजेको समयमा बागमती प्रदेश०३–००५ प २८०८ नम्बरको स्कुटरले पैदल यात्री भरतपुर–९ बस्ने वर्ष ४५ की लक्ष्मी दराईलाई ठक्कर दिएको हो ।
स्कुटरको ठक्करबाट पैदलयात्री दराई र स्कुटर चालक भरतपुर–१५ बस्ने वर्ष ४९ को श्रीप्रसाद अधिकारी मध्यम घाइते भएको प्रहरीले बताएको छ । दुवै जनाको भरतपुर अस्पतालमा उपचार गरिएको छ भने स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।