चितवन विशेष

क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते

Banner

चितवन, चैत ६-

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते भएकी छन् ।

मंगलवार बिहान ७ बजे रामेश्वर मन्दिरबाट लिलाचोकतर्फ जाँदै गरेको बा प्र०६–०१ प ३०२० नम्बरको स्कुटरलाई डाङ्ग्रे चोकबाट लायन्सचोकतर्फ जाँदै गरेको बा प्र ०३–००१ च २०६३ नम्बरको बलेरोले ठक्कर दिएको हो ।

बलेरोको ठक्करबाट स्कुटर चालक भरतपुर–१ बस्ने वर्ष ४४ की रोस्नी श्रेष्ठ मध्यम घाइते भएको प्रहरीले बताएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार गरिएको छ ।

बलेरो चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१२ बस्ने वर्ष २१ को मनिष थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area