काठमाडौँ

काठमाडौँमा भुइँचालोको धक्का महसुस

Banner

काठमाडौँ, फागुन २४-

काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।

‘तिब्बतमा भूकम्प गएको हो । भूकम्पको तीव्रताबारे थप जानकारी आउन बाँकी रहेको छ,‘ केन्द्रको भनाइ छ ।

भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार पश्चिमी सिजाङ भएर गएको भूकम्पको तीव्रता ५.१ म्याग्निच्युडको रहेको थियो । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तर पश्चिम रहेको थियो ।

यसअघि पुस २३ मा तिब्बतको डिंग्री काउन्टीमा भूकम्प गएको थियो । अमेरिकी जियोलोकिल सर्भेअनुसार ७.१ म्याग्निच्युडको सो भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area