देश/प्रदेश

भ्यालेन्टाइनमा चितवनको शिशु फर्टिलिटी क्लिनिकमा दुईदिने निःसन्तान स्वास्थ्य शिविर सञ्चालन हुने

Banner

चितवन ,फागुन  १ –

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसर पारेर शिशु फर्टिलिटी क्लिनिकले आइभिएफ चिकित्सकको सहयोगमा दुई दिने निःसन्तान स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । क्लिनिकले निःसन्तान अभिभावकको समस्या समाधान गर्नको लागि निःशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो ।

उक्त कार्यक्रमको पहिलो चरणमा प्रजनन् तथा आईभिएफ विशेषज्ञ डा शुभ श्रेष्ठ तथा डा सुजन भुसालले चेकजाँच गर्नेछन् । सो अवसरमा चिकित्सकको परामर्श गरिनुका साथै पाठेघर एवम् अन्डासयको चेकजाँच गरिन्छ ।

दोस्रो चरणमा पाठेघरमा समस्या भएमा भिडियो एक्सरे मार्फत पहिचान समेत गरिने क्लिनिकले जनाएको छ । स्वास्थ्य शिविर फागुन २ गते दिँउसो १२ बजेदेखि बेलुका ७ बजेसम्म हुनेछ । त्यस्तै फागुन ३ गते बिहान ९ देखि फागुन ७ बजेसम्म भरतपुर १० स्थित आफ्नै क्लिनिकमा शिविर सञ्चालन हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>