खेलकुद

यु–१९ विश्वकपः स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित

Banner

काठमाडौँ, माघ ७-

मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बुधबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो। स्कटल्यान्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाइन्। ग्रवियल फन्टेलाले नटआउट १२ रनको योगदान दिइन्। तर, अन्य कुनै ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>