अन्तर्राष्ट्रिय

हमासले ३ बन्धक छाड्दा इजरायलले गर्‍यो ९० प्यालेस्टिनी रिहा

Banner

हमास, माघ ७-

आइतबारदेखि भएको युद्धविरामसँगै हमास र इजरायलले एकअर्काका बन्धक नागरिकलाई रिहा गरेका छन्। अहिलेसम्म हमासले गाजामा ३ बन्धक रिहा गरेको छ भने इजरायलले ९० प्यालेस्टिनी कैदीलाई मुक्त गरेको छ।

हमासले रिहा गरिएका ९० जनामा ​​६९ महिला र २१ बालबालिका रहेको बताएको छ। सम्झौताको पहिलो चरणमा इजरायलले १,९०० प्यालेस्टिनी कैदी रिहा गर्नुपर्नेछ। बदलामा हमासले ३३ इजरायली बन्धक छाड्नुपर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>