चितवन विशेष

देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता

Banner

चितवन,माघ १-

चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर १ जना बेपत्ता भएका छन् । मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पुलबाट हामफालेर मदन परियार बेपत्ता भएको चितवनको एसपी गौतम मिश्रले बताए । ४१ वर्षीय परियार लमजुङको बेशिसहर नगरपालिका–३ का स्थानीय हुन् ।

पुलमा उनको कपडा र मोबाइल भेटिएको छ । घटनास्थल अस्थायी प्रहरी पोष्ट देवघाटबाट २ किलोमिटर पश्चिमतर्फ पर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>