चितवन विशेष

माओवादी केन्द्र चितवनका जिल्ला नेता अबिरल पोखरेल एमाले प्रवेश

Banner

चितवन, मंसिर २९ –

नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य अबिरल पोखरेल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनलाई बिहिबार एमाले पार्टी कार्यालय चितवनमा स्वागत गरिएको हो । एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यम बहादुर परियार, एमाले चितवनका अध्यक्ष कमलराज पाठक र सचिव प्रकाश ढुंगाना लगायतले संयुक्तरुपमा पोखरेललाई एमालेमा स्वागत गरे ।

माओवादीका जिल्ला स्तरीय नेताहरु एमालेमा प्रवेश गर्ने क्रम चलिरहेको छ । केही दिन अघि मात्र नेकपा माओवादी केन्द्र चितवनका जिल्ला कमिटी सदस्य दिपेन्द्र बास्तोला नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>