देश/प्रदेश
‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’
०
विराटनगर, मंसिर २८-
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताउनुभएको छ ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको ५८औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले हालको तालिम प्रक्रिया परिस्कृत गर्नुपर्ने धारणा राख्नुभयो । सूचना प्रविधिको प्रयोग प्रहरी तालिममा प्रयोग गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका प्रमुख अभिनारायण काफ्लेको अध्यक्षतामा सम्पन्न सो समारोहमा ‘प्रहरी जवान’ नामक स्मारिका विमोचन गर्नुका साथै विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>