नवलपरासी

८० लाखमा निर्माण भएको नवलपरासी बसपार्क उपयोगविहीन

Banner

बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मंसिर १६-

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ मा रु दुई करोड ८० लाख लागतमा निर्माण गरिएको बसपार्क उपयोगविहीन छ ।

सहरी विकास मन्त्रालयले रु दुई करोड ८० लाख लागतमा निर्माण गरेको उक्त बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको छ । रामग्राम नगरपालिकालाई बसपार्क दुई वर्ष पहिला नै हस्तान्तरण गरेको पनि अहिलेसम्म सञ्चालनमा नआउँदा यहाँका समस्या भइरहेको सहरी विकास मन्त्रालयका इन्जिनियर वीरेन्द्र मण्डलले बताउनुभयो ।

उहाँका अनुसार निर्माणाधीन बसपार्कमा सानाठूला ६० सवारीसाधन राख्न सकिने छ । बसपार्क जाने सडक साँघुरो भएकाले उपयोगविहीन भएको छ । समिर कन्स्ट्रक्सन कम्पनीले बसपार्क निर्माणको काम सम्पन्न गरेर २०७९ असारमा रामग्राम नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

पाल्ही मध्यनेपाल यातायात बस व्यवसायीका अध्यक्ष ऋषिराम पौडेलका अनुसार निर्माणाधीन नयाँ बसपार्क जाने सडक साँघुरो भएकाले बस आउनजान नमिल्ने भएपछि आफूहरूले जग्गा भाडामा लिएर महेशपुर–परासी सडकखण्डको छेउमा सवारीसाधन राख्ने गरिरहेको छ । रामग्राम नगरपालिकाले निर्माणाधीन बसपार्क आफूहरूलार्ई हस्तान्तरण नगरेकाले सवारी राख्न समस्या भइरहेको छ ।

सहरी विकासले स्थानीय तहलाई हस्तान्तरण नगरेको तथा बसपार्क जाने सडक साँघुरो रहेकाले अहिलेसम्म बसपार्क सञ्चालनमा नल्याएको रामग्राम नगरपालिका–४ का वडाध्यक्ष मदन यादवले बताउनुभयो । रासस/फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>