चितवन विशेष
अनेरास्ववियु राप्ती कमिटीको अध्यक्षमा रुपक कँडेल र जनआदर्श क्याम्पसमा विज्ञान शर्मा
चितवन, मंसिर १६-
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती नगर कमिटीको अध्यक्षमा रुपक कँडेल चयन भएका छन् ।
शुक्रवार सम्पन्न अधिवेशनले कँडेलको नेतृत्वमा ११ सदस्यीय नगर कमिटी सर्वसम्मतबाट चयन गरेको हो । कमिटीको उपाध्यक्षमा मिलन क्षेत्री, सचिवमा सफल खरेल, कोषाध्यक्षमा सुमन छ्त्कुल्ली, सहसचिवहरुमा प्रशान्त सेढाई, शिरीष सिलवाल, अशोक कँडेल चयन भएका छन् । कमिटीको संगठन विभाग प्रमुखमा विजय विक र महिला विभाग प्रमुखमा बिनि ओस्ती चयन भएका छन् ।
त्यसैगरी राप्ती नगरपालिकामा रहेको जनआदर्श बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुको नयाँ क्याम्पस कमिटी बनाइएको छ । विज्ञान शर्माको नेतृत्वमा सर्वसम्मतबाट ११ सदस्यीय नयाँ क्याम्पस कमिटी चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा महेश अर्याल, सचिवमा रिजन कंडेल, सहसचिवमा अन्जली बम, कोषाध्यक्षमा निसान क्षेत्री र सदस्यहरुमा प्रशिल डल्लाकोटी र स्वीकृती पाठक रहेका छन् ।
एकै कार्यक्रमबाट नगर कमिटी र क्याम्पस कमिटी चयन गरिएको अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेतीले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले चितवनका सचिवालय सदस्य एवम् विद्यार्थी इन्चार्ज अनोज जोशी, एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द कँडेल, एमाले राप्तीका कार्यवाहक अध्यक्ष राजकुमार कँडेल, अनेरास्ववियु केन्द्रीय सदस्य अमित गुप्ता, अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य लिलाराम पौडेल, अनेरास्ववियु बागमति प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्य, अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्यहरु प्रशान्त सुवेदी, मेन्सिस भेटवाल, सुजन थापा, अस्मिता रेग्मी, अनेरास्ववियु चितवनका उपाध्यक्ष सरोज तिमिल्सिना, सचिव अमित आचार्य लगायतका अनेरास्ववियुका नेताको उपस्थिति रहेको थियो ।