चितवन विशेष

चितवनको कविलासगढीमा नेपालको झण्डा राखियो

Banner

चितवन, मंसिर १५-

चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने ऐतिहासिक कविलासगढीमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । भरतपुर भ्रमण वर्षको अवसर पारेर आज (शनिवार) भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय झण्डाको झण्डोत्तलन गरेकी हुन् ।

कविलास गढी पर्यटकीय सम्भावना बोको स्थल भएकाले महानगरपालिकाले प्रचार प्रसार स्वरुप आज झण्डा राखेको उनले बताइन् । प्राकृतिक सुन्दरताले रमणिय समेत रहेको यस स्थान पछि मिनि दार्जलिङ हुने मयेर दाहालले बताएकी छिन् । यहाँबाट तराईका फाँट, पहाड र हिमालहरु सजिलै अवलोकन गर्न सकिन्छ । पर्यटक आकर्षित गर्नका लागि महानगरपालिकाले सडक लगायतका भौतिक संरचनाको निर्माणलाई तिब्रता दिएको उनले बताइन् । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दुरीमा कविलास गढी छ । अहिलयहाँ सम्म कक्चि सडक पुगेको छ । आगामी दिनमा सडकलाई कालोपत्रे गरिने उनले बताए ।

कविलास गढीमा ऐतिहासिक महत्व समेत रहेको छ । यहाँ विस १८३० ताका चौविसे राज्य अन्तर्गतको तनहुँका राजा हर्ककुमार दत्त सेनको पालामा अंग्रेजसंग लड्नको लागि बनाइएको हो । त्यस बेला यो किल्लामा उत्तर, दक्षिण आवतजावत गर्ने प्रमुख किल्लाको रुपमा परिचित रहेको महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले बताए । राजाहरु तराईमा शिकार खेल्न यस बाटो प्रयोग गर्ने गरेको किंवदन्ती रहेको उनको भनाई छ । तराईमा शिकारको लागि दक्षिणको सोमेश्वर गढी, ठोरी, धादिङ, काठमाण्डौँ, नुवाकोट आवतजावत गर्ने, भिसा चेक गर्ने, सैनिक नियन्त्रणको अति रणनीतिक इलाका रहेको उनले बताए । यो गढी राजा प्रताप सिंह शाह र गोल्मै रानीको पालामा विस १८३४ साउन ५ गते कमान्ड इन चिफ अभिमान सिंह बस्नेतको कमाण्डमा नेपाल एकीकरण भएको बताइन्छ । यहाँ राजा रानीले प्रयोग गर्ने सिलौँटा समेत अझै छन् ।

यसको संरक्षका लागि वडा कार्यालयले समेत लागि परेको भरतपुर महानगरपालिका वडा २९का अध्यक्ष सुर्य बहादुर गुरुङ्गले बताए । यस स्थानमा पिकनिक पार्क समेत निर्माण गरिएको छ । प्राकृतिक मनोरञ्जन लिनका साथै ऐतिहासिक स्थलको ज्ञान लिनका लागि यो ठाउँ महत्वपूर्ण रहेको अध्यक्ष गुरुङ्गले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>