Breaking News

चितवन चौकीडाँडाको विद्यालयले छ दशकपछि पायो पक्की भवन

Banner

चितवन, मंसिर १५–

चितवनको चौकीडाँडामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय स्थापना भएको झण्डै छ दशकपछि पक्की भवन निर्माण भएको छ । भरतपुर महानगरपालिकाले करिव ५५ लाख रुपैयाँ खर्चेर चार वटा कक्षा कोठा सहितको भवन निर्माण गरेको हो । विसं २०२४ सालमा स्थापना भएको विद्यालयमा करिब छ दशकपछि नयाँ पक्की भवन निर्माण गरेको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ । भरतपुर महानगरपालिककै दुर्गममा पर्ने यो विद्यालयको नयाँ भवनको समेत उद्घाटन गरिएको छ ।

आज (शनिवार) एक कार्यक्रमका बिच महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । कार्यक्रममा बोल्दै दाहालले विद्यालयको भौतिक संरचनामा सुधार भएकाले गुणस्तरिय शिक्षामा जोड दिन शिक्षकलाई अनुरोध गरेकी छिन् । महानगरपालिका भइसकेपछि जिर्ण भएको विद्यालयमा जस्तापाता फर्नेदेखि पक्की भवन समेत निर्माण गरिएको बताईन् । उनले विद्यालयमा विद्यार्थीहरुको आक्रर्षित गर्न शिक्षकलाई अनुरोध समेत गरेकी छन् ।

यस विद्यालयमा दुई वर्षअघिसम्म कक्षा आठ सम्म पढाई सञ्चालन हुँदै आएको थियो । भरतपुर महानगरपालिकाले अहिले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएको छ । यस विद्यालयका विद्यार्थीले पहिलोपटक एसईईको परीक्षा दिने समेत उनले बताइन् । यसअघि यहाँका अधिकांश विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाई छाड्ने गरेका थिए । अव त्यो समस्या हट्ने महानगरपालिकाको विश्वास रहेको छ । अहिले कक्षा १० मा १४ जना विद्यार्थी रहेका छन् ।
यहाँबाट नजिकको विद्यालय जुगेडीमा रहेको कविलास राष्ट्रिय मध्यमिक विद्यालय हो । त्यहाँको दुरी करिब १७ किलोमिटर छ । केही विद्यार्थीले कोठा खोजेर पढ्दै आएका थिए । अहिले ८ पास गरेर बिचमा पढाई छाड्नुपर्ने बाध्यता हटेको उनले बताइन् ।

यहाँ १ सय २२ जना विद्यार्थी भर्ना भएका छन् । शिक्षक र कर्मचारी गरेर १४ जना रहेका छन् । चौकीडाँडा भरतपुर महानगरपालिकाकै दुर्गममा पर्दछ । नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दुरीमा छ । यहाँका शिक्षकलाई मासिक २ हजार प्रोत्साहन भत्ता समेत दिँदै आएको छ । यहाँ शिक्षकलाई बस्नका लागि भने आवासको व्यवस्था छैन । बस्न आवासको व्यवस्था गरिदिन शिक्षकले माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>