मनोरञ्जन
ह्रस्व दीर्घले कमायो दुई सातामा ८ करोड ५२ लाख
काठमाडौं, मंसिर १५-
फिल्म ‘ह्रस्व दीर्घ’ ले प्रदर्शनको दुई साता पूरा गरेको छ।
शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको फिल्मले राम्रो कमाइ गरेको निर्माणपक्षको दाबी छ।
शनिबार बिहान निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले फेसबुकमा कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै फिल्मले दुई सातामा ८ करोड ५२ लाख कमाइ गरेको जनाएकी छन्।
यो कमाइ गत बिहीबारसम्मको हो। फिल्मले लगानी सुरक्षित गरिसकेको नीताको दाबी छ। भारतमा ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको र केही समय पछाडि थ्रिएटर रिलिज पनि गर्ने नीताले बताएकी छन्।
‘ह्रस्व दीर्घ’चन्द्र पन्तले निर्देशन गरेका हुन्। फिल्ममा नीता र हरिहर अधिकारी शीर्ष भूमिकामा छन्। साथमा ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतको अभिनय छ।
फिल्म कात्तिक ३० गतेदेखि प्रदर्शनमा आएको हो।