खेलकुद

त्रिवि मैदानभित्र एनपीएलको खेल, बाहिर झडप

Banner

काठमाडौं, मंसिर १५-

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) भइरहेको कीर्तिपुरस्थित त्रिवि मैदान बाहिर प्रहरी र दर्शकबीच झडप भएको छ। मैदानमा विराटनगर र जनपुर बोल्ट्सबीच खेल भइरहँदा बाहिर प्रहरी र क्रिकेट हेर्न आएका दर्शकहरूबीच झडप भएको हो।

कतिपय दर्शकहरू गेटबाट जबरजस्ती भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसरी प्रवेश गर्नेहरूको समूहले जबरजस्ती गरेपछि प्रहरीले लाठीचार्ज नै गरेको थियो।

कीर्तिपुरमा शनिबार ठूलो संख्यामा मानिसहरू उपस्थित भएपछि प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन कठिन भइरहेको छ। मानिसहरू रूखका हाँगाहरूमा बसेर पनि क्रिकेट हेरिरहेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेले अहिले परिस्थिती समान्य बनिसकेको बताए। उनले केही मानिसहरूले जबरजस्ती गर्न खोजेपछि त्यहाँ परिचालित प्रहरीले परिस्थिति सामान्य पारिसकेको जानकारी दिए। केही दर्शकहरूले टिकट लिइसकेको अवस्थामा पनि मैदान प्रवेश गर्न नपाएको बताउँदै विवाद गरेका थिए।

कतिपय दर्शकले टिकट हुँदा पनि भित्र पस्न नपाएको गुनासो गरेका छन्। जसका कारण उनी हातमा टिकट लिएर आक्रोशित बनेका थिए। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले गेटबाहिर केहीबेर असामान्य परिस्थित बनेपनि अहिले सामान्य भइसकेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>