चितवन विशेष

वैदिक मल्टिप्रोडक्टले हाकिमचोकमा संचालनमा ल्यायो तरकारी तथा फलफुल बिक्री केन्द्र

Banner

चितवन, मंसिर १४-

वैदिक मल्टिप्रोडक्टले भरतपुर–९ हाकिमचोकमा तरकारी तथा फलफुल बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । स्थानीय अर्गानिक उत्पादनलाई प्राथमिकता दिएर सञ्चालनमा ल्याइएको तरकारी तथा फलफुल विक्री केन्द्रमा थोरै नाफा राखेर तरकारी र फलफुल विक्री गर्ने गरिएको चक्रपाणी न्यौपानेले बताए ।

‘स्वस्थ समाज नै देशको मेरुदण्ड हो भन्ने सोँचेर हामीले आयुर्वेदतिर हात हालेको हो । निरोगी हुनको लागि आहार शुद्ध हुन आवश्यक छ । त्यसको लागि स्वस्थ तरकारी तथा फलफुल विक्री गर्न हाकिमचोकदेखि क्यान्सर अस्पतालतर्फ जाने सडकमा हामीले विक्री केन्द्र खोलेका हौँ’, उनले भने, ‘अहिले हामीले अर्गानिक चिजहरु विक्री गरेका छौँ । सबै तरकारी फलफुल चाहिने भएकाले बजारबाट किनेर पनि ल्याएका छौँ । घरभाडा र कर्मचारीलाई तलब दिन पुग्नेगरी एकदमै थोरै नाफा लिएर हामीले विक्री गरिरहेका छौँ ।’

शुभारम्भको अवसरमा बजार मूल्यमा १० देखि १५ प्रतिशत छुट दिइएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>