अन्तर्राष्ट्रिय

अहिलेसम्मकै तातो वर्ष बन्ने बाटोमा २०२४

Banner

बाकु, कात्तिक २६-

सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने बाटोमा रहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले २०२४ विश्वकै सबैभन्दा तातो वर्ष हुने चेतावनी दिएको हो ।

डब्ल्यूएमओका अनुसार जनवरी र सेप्टेम्बरबिचको विश्वव्यापी औसत तापक्रम १९ औँ शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १ दशमलव ५४ डिग्री सेल्सियस बढी थियो ।

सन् २०१५ मा पेरिसमा लगभग दुई सय देशहरूले जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावलाई कम गर्ने आशामा बढ्दो तापक्रमलाई सीमित गर्ने कोसिस गर्ने वाचा गरेका थिए । तर यो लामो समयको औसत भएकोले १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्य अहिलेसम्म नटुटेको युएनको भनाई छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>