खेलकुद

महिला टिमकी डिफेन्डर पूजालाई चितवनमा सम्मान

Banner

चितवन, कार्तिक २६–

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा राना मगर चितवनमा सम्मानित भएकी छन् । युनिक क्लब बसेनीले आज पूजालाई सम्मान गरेको हो ।

क्लबले भरतपुर ११ कैलाश टोलस्थित मैदानमा आयोजित सम्मान तथा चियापान कार्यक्रममार्फत पूजालाई नगद दश हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो । नेपाली महिला फुटबलमा पुराएको योगदानको उच्च मुल्याङ्कन गर्दै पूजालाई सम्मान गरिएको क्लबका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

हालै मात्र काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलमा सम्म पुराउन पूजाले महत्त्वपूर्ण योगदान गरेको गुरुङले बताए । उनले आगामी दिनमा नेपाली महिला फुटबललाई थप उचाईमा पुराउन पूजाको महत्त्वपूर्ण भूमिका रहने समेत विश्वास व्यक्त गरे ।

सो अवसरमा पूजाले हालै सम्पन्न साफमा खेलाडीहरुले निकै मेहेनत गरेको बताईन् । आगामी दिनमा थप उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण नेपालीको मुहारमा खुशी ल्याउन सक्दो प्रयास गर्ने उनको भनाई थियो । उनले यो सम्मानले आफ्नो खेल जीवनमा थप हौसला प्रदान गर्ने बताईन् ।

सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टिममा डेब्यु गरेकी पूजा त्यसयता नेपाली टिमको नियमित सदस्यको रुपमा रहदै आएकी छन् । महिला टिमकी उत्कृष्ट डिफेन्डर पूजाले नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>