देश/प्रदेश

भैलो खेल्दा बस दुर्घटनाः रोजगार संयोजक ताराको मृत्यु, नगरपालिकाले दियो शोक बिदा

Banner

अर्घाखाँची, कात्तिक २०-

भूमिकास्थान नगरपालिकाले आज (मंगलबार) शोक बिदा दिएको छ । अर्घाखाँची दुर्घटनामा ज्यान गुमाएकी २२ वर्षीया तारा श्रेष्ठको शोकमा नगरपालिकाले शोक बिदा दिएको हो । उनी नगरपालिकाकै कर्मचारी रहेको पाइएको छ। उनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमकी संयोजक थिइन्।

भूमिकास्थान नगरपालिका वडा नम्बर ६ घर भएकी उनी २०७९ भदौमा लिइएको परीक्षाबाट उनी रोजगार संयोजक पदमा छानिएकी थिइन्।

सन्धिखर्कबाट प्युठान गइरहेको यात्रुवाहक बस सोमबार अर्घाखाँचीको उदयठाटीमा दुर्घटना हुँदा श्रेष्ठसहित २ जनाको मृत्यु भएको थियो। सोही नगरपालिका वडा नम्बर २ की ७० वर्षीया रूनी खनालको पनि घटनामा ज्यान गएको थियो। अरू ३४ जना घाइते भएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>