देश/प्रदेश
एआईजीमा बढुवा भएका २ जनालाई लगाइयो फुली
०

काठमाडौं, कात्तिक १४-
सरकारले एआईजीमा बढुवा गरेका दुई प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । हिजो (मंगलबार) साँझमात्रै एआईजीमा बढुवा गरेका दुई प्रहरी अधिकृतलाई मध्यरातमै दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
मंगलबार साँझको क्याविनेटले डीआईजी किरण राणा र सुन्दरप्रसाद हैजुलाई बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरू दुवैजनालाई आईजीपी वसन्त बहादुर कुँवरले मंगलबार राति नै प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दर्ज्यानी चिन्ह लगाइदिए । तर, एआईजी राणा आज एक दिनमात्रै जिम्मेवारी सम्हालेर आजै रातिबाट अवकाशमा जाँदै छिन् ।