चितवन विशेष

चितवनका १४ ठाउँमा सशस्त्र प्रहरी बल १७ नम्बर गणले राख्यो पीङ

Banner

चितवन, असोज २४–

सशस्त्र प्रहरी बल नेपाल नं १७ गणले चितवनका १४ वटा ठाउँमा पिङ राखेको छ । नेपालीहरुको महान् चाड बडा दशैंलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले भरतपुर र माडी नगरपालिकाका १४ वटा ठाउँमा बाँसको पीङ राखेको हो ।

पछिल्लो समय पीङ राख्ने चलन हराउँदै गएपछि सँस्कृति संरक्षणका लागि सशस्त्र प्रहरीले निःशुल्क रुपमा ती ठाउँहरुमा पीङ राखेको हो । सशस्त्र प्रहरीले भरतपुर–१६ मंगलपुर, भरतपुर–१५ विश्वप्रकाश मावि, भरतपुर–२ को मिलन टोल, क्षेत्रपुर, आँपटारी, खशीबजार, देवकोटा चोक, भरतपुर–१२ मुनाल चोक, हिलबर्ड, भरतपुर–१६ विजयनगर, भरतपुर–१६ विजयनगर, भरतपुर–९ स्थित नौरङगे, भरतपुर–७ शरदपुर र माडी नगरपालिका–३ बसन्तपुर बजारमा पीङ राखेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १७ गणका प्रहरी उपरीक्षक राजेश खरेलले नेपाली सँस्कृति जर्गेनाका लागि मजकुर सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निर्देशानुसार ती ठाउँहरुमा निःशुल्क रुपमा पीङ राखिएको जानकारी दिए । यसबाट नयाँ पुस्ताका बालबालिकाहरुले बढी लाभ लिएकोले नेपाली संस्कृति युवा पुस्तालाई जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>