बलिउड/हलिउड
टेलर स्वीफ्ट बनिन् विश्वकै धनी महिला संगीतकर्मी
काठमाडौं, असोज २२-
टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी बनेकी छन् ।टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी बनेकी छन् । फोर्ब्स म्यागजिनका अनुसार गत वर्षको बहुचर्चित ‘इरास टुर’पछि उनको सम्पत्तिमा वृद्धि भएको हो ।
३४ वर्षीया गायिका स्वीफ्टको कुल सम्पत्ति १.६ बिलियन डलर पुगेको छ । फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा स्वीफ्ट २ हजार ११७ औं स्थानमा छिन् । अर्बपति गायिका रिहानाको सम्पत्ति चाहिं १.४ बिलियन डलर छ । रिहाना चाहिं २ हजार ३३६ औं स्थानमा छिन् ।
गायिका स्विफ्टले इरास टुरका प्रत्येक शोबाट १६ मिलियन डलर कमाइ गर्ने जनाइएको छ । उनले टुरमा यस्ता १२५ शो सम्पन्न गरिन् । संगीतकै कमाइले अर्बपति हुने स्वीफ्ट एक्ली संगीतकर्मी हुन् ।
फोर्ब्सका अनुसार इरास टुरबाहेक स्वीफ्टले संगीत क्याटालग विक्रीबापत ६०० मिलियन डलर, रोयल्टीबापत ६०० मिलियन डलर, अमेरिकामा रहेका केही घरको विक्रीबापत उनले १२५ मिलियन डलर कमाइ भएको छ ।
रिहानाको भने साभेज एक्स फेन्टी कस्मेटिक र फेसन ब्राण्ड छ । कुनैबेला रिहानाको सम्पत्ति १.७ बिलियन डलर पुगेको थियो । तर समग्र संगीतकर्मीमध्ये गायिका स्वीफ्ट चाहिं दोस्रो धनी संगीतकर्मी हुन् । हिपहप स्टार जे-जेडको कुल सम्पत्ति २.५ बिलियन डलर रहेको बताइएको छ ।