मनोरञ्जन

फिल्म खिचेर सामाजिक सञ्जालमा हाल्नेलाई बोर्डले कारवाही गर्ने

Banner

काठमाडौँ, असोज १९-

मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्नेलाई चलचित्र विकास बोर्डले कारबाही गर्ने भएको छ। शुक्रबार सूचना जारी गर्दै बोर्डले प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अन्तर्गत फिल्म हलमा चलिलरहेको फिल्मको क्लिप्स सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो।

बोर्डले फिल्म तथा फिल्मजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न आग्रह गरेको छ। फिल्म तथा फिल्मजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न र दण्ड, जरिवाना र क्षतिपूर्तिबाट बच्नसमेत बोर्डले सचेत गराएको हो।

‘हाल नेपालमा प्रदर्शनरत नेपाली फिल्महरूको मुख्य–मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ,’ एक सूचना जारी गर्दै बोर्डले भनेको छ, ‘यसरी फिल्मको मुख्य अंशहरूको अनधिकृत दुरुपयोगबाट फिल्मका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ।’

हाल फिल्म हलमा चलिरहेको ‘बेहुली फ्रम मेघौली र ‘ज्वाइँ साब’का केही अंश सामाजिक सञ्जालमा देखिएको दाबी बोर्डले गरेको छ। ‘अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानुनी रूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ,’ बोर्डले उल्लेख गरेको छ।

बोर्डले फिल्म हलभित्र मोबाइल तथा क्यामेरालगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्न÷नगराउन समेत आग्रह गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>