चितवन विशेष
दाहाखानी फुटबल क्लबलाई प्रथम राष्ट्रिय युवा संघ नेपाल कप २०८१ को उपाधि
चितवन, असोज १३-
दाहाखानी फुटबल क्लब इच्छा कामना ७ ले प्रथम राष्ट्रिय युवा संघ नेपाल खुल्ला नकआउट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । सगुन विकास समाज कालिका -७ को खेल मैदानमा भएको खेलमा गडुवा फुटबल क्लब कालिका वडा नम्बर १ लाई पराजित गर्दै दाहाखानी फुटबल क्लब इच्छाकामना -७ च्याम्पियन भएको हो ।
फुटबल प्रतियोगिताको फाइनल खेलमा दाहाखानीले गडुवा लाई २-१ ले स्थम्भ बनाएको हो । राष्ट्रिय युवा संघ नेपाल कालिका वार्ड नम्बर ७ का अध्यक्ष रुपेस परियारले अध्यक्षता गरेको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय स्थाई कमिटी सदस्य चितवन जिल्ला इन्चार्ज शंकर अधिकारी रहनुभएको थियो ।
त्यस्तै संविधान सभा सदस्य नेकपा एमाले केन्द्रिय सदस्य कृष्ण भक्त पोखरेल र नेकपा एमाले चितवन जिल्ला अध्यक्ष कमल राज पाठक विशिष्ट अतिथिको रहनु भएका थियो । सो प्रतियोगिताको फाइनल खेलको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला का सह-सचिव पुर्ण महतो (निशान)ले गर्नुभएको थियो ।