समाचार

‘सिधा कुरा’ अनलाइनले अदालतको मानहानि गरेको ठहर, तीनै जनालाई कैद

Banner

काठमाडौं,असोज १३-

सर्वोच्च अदालतले सिधा कुरु अनलाइनबाट प्रसारित सामग्रीबाट अदालतको मानहानि भएको ठहर गरेको छ । सर्वोच्चको वृहत्‌पूर्ण इजलासले आइतबार अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई ६ महिना र सिधा कुराका युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय सुनाएको छ ।

कँडेल र ढुंगानाले लिखितरूपमा अदालतसमक्ष माफी मागे सात दिनमात्रै कैद बसे पुग्ने छ । यसैगरी, सिधा कुरा अनलाइनलाई पाँच हजार जरिवाना तोकिएको छ । अनलाइनले लिखितरूपमा माफी मागे जरिवाना पनि माफी हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>