देश/प्रदेश

कुलेखानी ड्यामको ढोका बन्द गरियो

Banner

काठमाडौँ, असोज १३-

मकवानपुर इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका बन्द गरिएको छ । शनिबार बिहान ढोका खोलिएको ढोका बन्द गरिएको हो । कुलेखानी प्रथम जलविद्युत् आयोजना प्रमुख तारादत्त भट्टले वर्षा रोकिएसँगै ढोका बन्द गरिएको बताए ।

‘जलाशयको खतराको सतह भनेको १५ सय ३० मिटर हो, हामीले ड्यामको ढोका खोल्दा सतह १५३०.४ मिटर थियो । त्यसपछि हिजो राति १५२५.५ मिटरमा पानीको सतह आएपछि ढोका बन्द गरेका हौं । हामीले ढोका बन्द गर्दा वर्षा रोकिएको थियो,’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>