अन्तर्राष्ट्रिय

वृन्दावन पुगेर साधु बनेका एक पुरुष सहकारीको ३ अर्ब ठगेको आरोपमा प्रकाउ

Banner

भारत, असोज ११-

भा्तमा सहकारी ठगीमा संलग्न एक व्यक्ति प्रकाउ परेका छन् । वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ कुम्ल्याएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशमा आएको हो ।

एक वर्ष अघि भारतको महाराष्ट्र राज्यको बीडमा जिजाऊ महासाहेब मल्टी स्टेट कोअपरेटिभ संस्थाका अध्यक्ष बबन विश्वनाथ शिन्दे ३ अर्ब भारु घोटाला गरी फरार भएका थिए । पछिल्लो समय उनी भारतकै वृन्दावनमा साधुको भेषमा बस्दै आएको अवस्थामा पक्राउ परेका छन् । उनलाई एक वर्षदेखि महाराष्ट्र पुलिसको क्राइम ब्राञ्चले खोजी गर्दै आएको थियो ।

प्रहरीका अनुसार उनी बिहानदेखि साँझसम्म वृन्दावनस्थित कृष्ण मन्दिर क्षेत्रमा बस्ने, राति एउटा सामान्य कोठामा गएर सुत्ने गरेका थिए । उनी भारतकै असम, ओडिसाका साथै नेपालमा समेत लुक्ने कोसिस गरे पनि अन्ततः वृन्दावन पुगेर साधुको भेषमा बस्दै आएको प्रहरीको भनाइ छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>