अन्तर्राष्ट्रिय
इरानले आफूलाई मार्न चाहेको ट्रम्पको दाबी
काठमाडौँ, असोज ९-
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको दाबी गरेका छन् । तर, त्यो सफल नभएको र उसले फेरि यस्तै प्रयास गर्न सक्ने ट्रम्पको दाबी छ ।
ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारसमेत रहेका ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो ज्यानलाई इरानबाट ठूलो खतरा छ । सम्पूर्ण अमेरिकी सेना हेर्दै र पर्खिरहेको छ। इरानले प्रयास गरेको थियो तर, असफल भयो । तर, उसले फेरि प्रयास गर्नेछ । यो अवस्था कसैको लागि राम्रो होइन । म धेरै बन्दुक र हतियारहरूले घेरिएको छु।’
उनले आफ्नो सुरक्षाका लागि थप रकम विनियोजन गरेको संसद्लाई धन्यवाद दिएका छन् । यस मुद्दामा रिपब्लिकन र डेमोक्रेटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा खुसी लागेको उनको भनाइ छ ।
अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गरिरहेका छन्।