मनोरञ्जन

रिलिजअगावै बाहिरियो ‘ज्वाइँ साब’ को क्लाइमेक्स सिन

Banner

काठमाडौँ, असोज ९-

फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ । निर्देशक वसन्त निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको एक दृश्य बाहिरिएको बताए ।

सार्वजनिक भएको उक्त दृश्य क्लाइमेक्सको नभएको उनले बताए । १५ सेकेण्ड लामो दृश्यमा विमानस्थलमा अभिनेता जितु नेपाल बरखी बारेको सेतो पहिरनमा निलो रंगको झोला भिरेर हातमा पासपोर्ट र बच्चा काखी च्यापेको अवस्थामा देखिएका छन् । उनको पछाडि अभिनेत्री नीति शाह नेपालको झन्डा बोकेर भावुक मुद्रामा जितुलाई हेरिरहेकी छन् । यो दृश्य मर्मस्पर्शी देखिन्छ ।

टिकटकमा भाइरल फिल्मको दृश्यले तीनवटा कुरा प्रस्ट्याउँछ । पहिलो, जितुले लगाएको सेतो पहिरनले बुबा वा बुहारी जसरी नीतिको घरमा भित्रिएकाले (कसम बत्तीको गीतमा देखिएअनुसार) ससुराको निधनपछि बरखी बारेको अर्थ्याउँछ । दोस्रो, जितु आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । तेस्रो, यो क्लाइमेक्स (फिल्मको अन्तिम दृश्य) रहेको प्रस्ट बुझिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>