मनोरञ्जन

फिल्ममा फर्किए धुर्मुस

Banner

काठमाडौं, असोज ९-

हास्य कलाकार सीताराम कट्टेल धुर्मुस फिल्म अभिनयमा फर्किएका छन्। पाँच वर्षपछि धुर्मुसले हास्य सिरियल सक्किगोनि टिमको फिल्म लाज शरणम् मा अभिनय गरेका हुन् । धुर्मुसले फिल्ममा आफ्नो अभिनय रहेको जानकारी दिँदै धेरैपछि सेटमा फर्किँदा एकदमै खुसी लागेको बताएका हुन्।

फिल्मलाई कुमार कट्टेलले (जिग्री) ले निर्देशन गरिरहेका छन्। यसमा सक्किगोनि टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), हरिश निरौला (कक्रोज) कमलमणि नेपाल, बबिन राई (गल्फने बाजे) र प्रियना आचार्य (मुन्नी) को अभिनय रहनेछ। फिल्म आगामी महाशिवरात्रीको अवसरमा फागुन १४ गतेबाट प्रदर्शनमा आउनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>