कृषि

भारी वर्षाको सम्भावना, काटेको धान तत्काल भित्राउन किसानलाई अनुरोध

Banner

काठमाडौँ, असोज ९-

धान काटिसकेको भए तत्काल भित्राउन पालिकाले किसानलाई अनुरोध गरेका छ । मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेसँगै पालिकाहरुले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै धान काटिसकेको भए तत्काल भित्राउन र नकाटेको भए तत्काल नकाट्न अनुरोध गरेको छ ।

नगर प्रहरीहरुले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भारी वर्षा हुने उल्लेख भएकाले सुरक्षित रहन र काटिसकेको भए धानबाली भित्राइहाल्न अनुरोध गरेका छन् । यसैगरी दाङको गढवा गाउँपालिकाले पनि सूचना जारी गरी काटिसकेको धानबाली भित्राउन र काट्न बाँकी भएको भए तत्काल नकाट्न किसानहरुलाई अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले असोज ७ गते बेलुका ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १२ गतेसम्म मनसुन सक्रिय हुँदा भारी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>