देश/प्रदेश

अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

Banner
काठमाडौँ, असोज ६ –
कपनको स्याल्पा गुम्बास्थित हिमालयन हेरिटेज रिट्रिटमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ । ‘विश्वव्यापी शान्ति पर्व’ले विश्वव्यापी सद्भाव र अहिंसाको सशक्त सन्देशसहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएको हो ।
भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वव्यापी शान्ति अभयारण्य निर्माणका लागि सचेतना र समर्थन गर्न आयोजित कार्यक्रमले विश्वभरका शान्ति दुत, कूटनीतिज्ञ र सांस्कृतिक व्यक्तित्वहरुलाई एकै थलोमा सहभागी भएका थिए ।
कार्यक्रममा एकता र शान्तिको भावनालाई जोड दिने उद्देश्यले परम्परागत नेपाली नृत्य र नाट्य प्रस्तुतिसहित जीवन्त सांस्कृतिक प्रर्दशनहरु समेत प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा आध्यात्मिक गुरु श्याल्पा तेन्जिन रिन्पोछेले यस क्षणलाई सुपयोग गर्न र शान्तिलाई मौलिक जन्मसिद्ध अधिकारका रुपमा लिन आग्रह गर्नुभयो । उहाँले शान्ति मानिको  जन्मसिद्ध अधिकार भएको बताउनुभयो ।
“हामी शान्तिलाई सामान्य रुपमा लिन्छौँ । एक पारस्परिक जिम्मेवार व्यक्तिको हैसियतमा हामी आफूलाई बुद्धिमान र परिष्कृत ठान्छौँ”, उहाँले भन्नुभयो, “यदि हामीले हरेक पल अर्को क्षण नभएको जस्तो गरी बाँच्ने प्रयास गरेनौ भने, हामीले शान्तिको वास्तविक अर्थ बुझेका छैनौ ।”   रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>