देश/प्रदेश
विमानस्थलमा ढलेर ५० वर्षीय शेरबहादुरको मृत्यु
०
धनगढी, असोज ६-
विमानस्थलमा ढलेर एक जनाको मृत्यु भएको छ । धनगढी विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका-२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको हो ।
हिजो (शनिबार) साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा शेरबहादुर ढलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए । उनका अनुसार ढलेर बेहोस् भएका शेरबहादुरलाई तत्काल माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो। उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>