चितवन विशेष

सहकारी पीडित संघर्ष समितिका संयोजक रास्वपा भरतपुरका वडा सचिवले दिए राजीनामा

Banner

चितवन, असोज ६–

सहकारी पीडितहरुको समस्या समाधानमा पार्टी उदासिन रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिका–१० वडा कमिटीका सचिव शालिक राम दुवाडीले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन् ।

पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, जिल्ला सभापति, क्षेत्रीय सभापति, महानगर सभापति र वडा सभालाई बोदार्थ लेख्दै सहकारी पीडित संघर्ष समिति चितवनका संयोजक समेत रहेका दुवाडीले आज राजीनामा दिएका हुन् । सामाजिक संजाल फेसबुकमा केन्द्रीय सभापति रवि लामिछाने जोडिएको सहकारीको रकम अपचलन सम्बन्धी समाचार शेयर गर्दा पार्टीका नेताहरु घरमै पुगेर त्यसो नगर्न भनेपछि दुवाडीले राजीनामा दिएका हुन् । उनले भने–‘म सहकारी पीडितहरुको नेतृत्व गर्दै न्यायका लागि दौडिरहेको छु, सहकारीको रकम अपचलन मुद्दामा रवि लामिछानेको जोडिएको समाचार मैले सामाजिक संजालमा शेयर गरे तर जिल्लाका साथीहरु घरमै आएर पार्टी हितविपरीत त्यो नगर्न भनेपछि मैले सहकारी पीडितको न्यायका लागि पार्टी नै परित्याग गर्ने निर्णय गरेको हुँ’–दुवाडीले नारायणी अनलाइनसंग भने ।

दुवाडीले राजीनामा पत्रमा लेखेका छन्–‘हिजो आज राष्ट्रियस्तरको मिडियामा आएको समाचार मेरो फेसबुक सामाजिक संजालमा शेयर गरे । यसमा केही साथीहरुको आपत्ति रह्यो । कुनी के भयो रोइ कराई रहेका लाखौं सहकारी पीडितको आँशु देख्न सकिन यो नै मेरो गल्ती भयो । तसर्थ लाखौं लाख सहकारी पीडितहरुलाई साक्षी राख्दै आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर वडा नं.१० को वडा कमिटी सचिव र साधार सदस्य समेत नरहने गरी राजीनामा दिएको छु ।’

साहारा बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुको तर्फबाट केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) चिठी लेख्ने क्रममा पार्टीले तत्कालै चिठ्ठी नलेख्न समेत रास्वपाको केन्द्रीय समिति र जिल्ला समितिले दवाब दिएको दुवाडीले बताए । तर पीडितहरु कुनै दवाबलाई ख्याल नगरेर अगाडि बढ्दै जाँदा पटक–पटक विभिन्न किसिमले दवाब दिन थालेपछि सहकारी पीडितका लागि आफू पार्टीबाट राजीनामा दिएको बताए ।

दुवाडीले २०७९ चैत ६ गते रास्वपाको सदस्यता लिएका थिए । उनको सदस्यता नम्बर सिएचटी २ ख ००००००९२९ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>