राजनीति
क्लिन चिट दियो भन्दै भ्रम फैलाउनेलाई निधि भने- चेक काट्नेलाई नलगाएर घाँस काट्नेलाई लगाउने त हत्कडी ?
०

काठमाडौं, असोज ५-
सहकारी बचत अपचलन सम्बन्धमा छानबिन गर्न बनेको समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बताएका छन्।
आज (शनिबार) काठमाडौंमा आयोजित कांग्रेस जिल्ला कार्यसमितिको बैठक तथा समसामयिक विषयमा छलफल कार्यक्रममा निधिले विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेकोले सरकारले कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन्।
तर, रास्वपाकै कतिपय नेताहरूले दोषी ठहर गरेका लामिछानेलाई क्लिन चिट दिएको भनेर भ्रम फिजाउन खोजेको बताउँदै, उनले प्रश्न गरे, ‘त्यसो भए के घाँस काट्नेलाई हत्कडी लगाउने त ? ’