देश/प्रदेश
पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले दिए राजीनामा
काठमाडौँ, असोज ४–
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएको केही दिनमै कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका रमेश विष्टले पनि राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न गर्न सम्भव नभएपछि विष्टले राजीनामा दिएका हुन् ।
विष्टले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई दिएका छन् । महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
पछिल्लो समय पछिल्लो निर्वाचन तालिका अनुसार असोज ४ गते केन्द्रको मनोनयन दर्ता गर्ने तालिका थियो । तर सदस्यता विवरण सार्वजनिक भएपछि ३० भन्दा बढी जिल्ला समितिले विज्ञप्ती निकालेर बिरोध जनाएका थिए । त्यसपछि निर्वाचन प्रक्रिया झनै अन्यौल बनेको छ ।