खेलकुद

चितवन गोल्डकपमा सूर्यपुरको विजयी सुरुवात

Banner

चितवन, असोज ३-
गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १(१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको गोलमा अग्रता लिएको थियो ।

तर उसको अग्रता धेरै समय टिकेन । पहिलो हाफको ३८ औं मिनेटमा दीपेश चाम्लिङ राईले बागमतीका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा सूर्यपुरले प्रसस्तै अवसर पाए पनि सदुपायोग गर्न सकेन । निर्धारित समयमा बराबरीपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पनि ३(३ को बराबरीपछि सडन डेथमा सूर्यपुर विजयी भयो ।

सूर्यपुरका गोलकिपर दीपा कार्की म्यान अफ दि म्याच भए । प्रतियोगितामा शुक्रबार आयोजक हानामी भरतपुर फुटबल क्लब र राईजिङ स्टार भुमनी भिड्नेछन् । असोज १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>