देश/प्रदेश

टिबीका कारण लोपोन्मुख राउटे समुदायका २२ वर्षीय युवाको मृत्यु

Banner

सुर्खेत, असोज ३-

लोपोन्मुख राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका-१ सिमेसालका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो ।

गाउँपालिका वडानम्बर-१ का वडाध्यक्ष धर्मबहादुर रावलका अनुसार टिबीका कारण वृषबहादुरको हिजो (बुधबार) राती ९ बजे मृत्यु भएको छ । उनका अनुसार ६ महिना अघिदेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । तर, उपचार सम्भव नहुनेभएपछि अस्पतालले वृषबहादुरलाई डिस्चार्ज गरेको थियो ।

वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।

तस्वीर सौजन्य : लालबहादुर खत्री

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>