चितवन विशेष
माडीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भिर घाइते, चालक फरार
०

चितवन, असोज ३-
चितवनको माडी नगरपालिका–१ बरुवामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भिर घाइते भएकी छन् ।
बुधवार साँझ ७ः५० बजेको समयमा ना ४३ प ७०४१ नम्बरको मोटरसाइकलले पैदलयात्री बरुवाकी ६० वर्षीय हठनी कुमारी महतोलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी महतोको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक फरार छन् । उनको खोजी कार्य जारी छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।