अन्तर्राष्ट्रिय

नाइजेरियाः बाढी आएपछि २ सय ५० भन्दा बढी कैदी भागे

Banner

बोर्नो, भदौ ३१-

नाइजेरियाको बोर्नो राज्यमा आएको भीषण वर्षापछि कम्तीमा २ सय ७४ जना कैदी भागेको नाइजेरियन करेक्सनल सर्भिसले आइतबार जानकारी दिएको छ ।

सर्भिसका प्रवक्ता अबुबकर उमरले दिएको जानकारी अनुसार बाढीले कारागारका पर्खालहरू ढलेका थिए । उमरका अनुसार सुरक्षित स्थानमा सार्ने क्रममा २ सय ८१ कैदीहरू भागेका थिए । जसमध्ये ७ जनालाई पछि पक्राउ गरिएको थियो ।

उमरले भागेकाहरूको बायोमेट्रिकसहित पहिचान खुलेको र उनीहरूबारे सार्वजनिक सूचना समेत जारी गरिएको बताए । फरार भएका कैदीहरूको खोजी जारी रहेको उनको भनाई छ ।

भीषण बाढीका कारण नाइजेरियामा २ सय २९ जनाको मृत्यु भएको छ भने ३ लाख ८६ हजार सर्वसाधारण विस्थापित भएका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>